News Portal

  • नेपाल बैंकले नयाँ विशेषतासहितको क्रेडिट सेवा सुरु

    आर्थीकसंसार संवाददाता१४ असार, २०७८
    १०२६ पटक
    १४ असार, २०७८

    काठमाडौं । नेपाल बैंकले नयाँ विशेषतासहितको क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त सेवाको सुरु गरेको हो ।
    यस सुविधाअन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा २० हजारदेखि अधिकतम सीमा ५ लाख रुपैयाँ कायम गरिएको छ ।
    भिसा इन्टरनेशनलसँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोगबाट पीओएस टर्मिनल, एटीएम टर्मिनल तथा अनलाइन प्रणालीमार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिनेछ । स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस बैंक तथा भिसा इन्टरनेशनलमा आवद्ध बैंकहरुको एटीएम टरमिनलबाट नगद भुक्तानीसमेत लिन सकिनेछ । यो कार्डको प्रयोग नेपाल लगायत भारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षित वर्गको भुक्तानी प्रणालीमा सहजता पुर्याउने हुने विश्वास गरिएको छ ।
    भर्चुअल विधिबाट गरिएको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले यस बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधिमार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आउन सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।
    शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका सदस्य विवेक शम्शेर ज।ब।राले नयाँ बिशेषतासहितको क्रेडिट कार्ड सेवा प्रारम्भ गरेकोमा सम्पूर्ण बैंक परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । बैंकको क्रेडिट कार्ड ग्रहण गर्दै निर्मल प्रधानले बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक बन्ने अवसर प्राप्त भएकोमा प्रशन्नता व्यक्त गर्दै बैंक व्यवस्थापनलाई धन्यवाद दिनुका साथै क्रेडिट कार्ड सेवाको सफलताको शुभकामना समेत व्यक्त गरे ।
    बैंक सञ्चालक समितिका सदस्यहरु, सहायक प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख, डिभिजन प्रमुख, प्रादेशिक कार्यालयका प्रमुख तथा शाखा प्रबन्धकहरुको समेतको भर्चुअल माध्यमबाट सहभागिता रहेको उक्त कार्यक्रमलाई प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले समेत सम्बोधन गर्दै क्रेडिट कार्ड सेवाको विस्तारमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्