Skip

News Portal

  • संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन साह स्वदेश फर्किए

    आर्थीकसंसार संवाददाता१० असोज, २०८३
    ४८ पटक
    १० असोज, २०८३

    काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएका प्रधानमन्त्री बालेन साह स्वदेश फर्किएका छन् । उनी शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

    प्रधानमन्त्री साह महासभामा सहभागी हुन गत मंगलबार साँझ अमेरिका गएका थिए । उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए ।

    अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री साहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका उच्च अधिकारीसँग भेटवार्ता पनि गरेका थिए ।

    महासभामा सम्बोधन गर्दै उनले नेपालको प्राथमिकता, जलवायु परिवर्तनका चुनौती र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा धारणा राखेका थिए ।

    प्रधानमन्त्री साहले हालै नेपालमा आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याएको संकटको एउटा उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्