काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । बैंकले ग्राहकहरुलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालिन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा ल्याएको हो ।
ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको आइसर्भ डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त आइसर्भ भित्र कार्ड सर्भिसमा क्लिक गरी सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खातासम्बन्धी विवरण उल्लेख गरी भेरीफाई गरेपश्चात तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपश्चात बैंकले ग्राहकरूलाई एसएमएस मार्फत खबर गर्ने व्यवस्था समेत रहेको जनाएको छ ।
एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्नसक्ने
आर्थीकसंसार संवाददाता२९ माघ, २०७७
२९ माघ, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?