News Portal

  • ब्रोडवे इन्फोसिसलाई बेस्ट आईटी लर्निङ सेन्टर अवार्ड प्राप्त

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७७
    २२३८ पटक
    १८ माघ, २०७७

    काठमाडौं । ब्रोडवे इन्फोसिसले नेपालको बेस्ट आईटी लर्निङ सेन्टर अवार्ड जितेको छ । ब्रोडवेले आईटिमा रुची राख्नेहरुलाई जाभा, पाइथन, डिजिटल मार्केटिङजस्ता विविध विषयमा तालिम प्रदान गर्दै आएको छ ।
    बेलायतको विजनेस म्यागेजिन एप्याक इन्साइडरले प्रदान गर्ने यो प्रतिष्ठित अवार्ड हो । ‘अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मानित हुन पाउँदा हामीलाई गौरव लागेको छ । यसले थप मेहनत गरेर अगाडि बढ्न हौसला मिलेको छ ।’ कम्पनीका सीईओ राजु अधिकारीले अवार्ड हात पारेपछि प्रतिक्रिया दिँदै भने ।
    एप्याक इन्साइडरको तर्फबाट अवार्ड को–अर्डिनेटर क्याथरिन बेन्टनले ब्रोडवेलाई बधाई दिएकी छन् । सन् २००८ मा स्थापना भएको ब्रोडवे इन्फोसिस आईएसओ ९००१ः२०१५ सर्टिफाइड आईटी लर्निङ सेन्टर हो ।

    प्रतिकृया दिनुहोस्