News Portal

  • नेपाल लाईफको अध्यक्ष पदमा त्रिवेणी ग्रुपका सञ्चालक पुरूषोत्तमलाल संघई

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०८२
    १०२ पटक
    २५ फागुन, २०८२

    काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले करिब २ दशक पछि सञ्चालक समितिमा नयाँ अध्यक्ष पाएको छ। संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक नियुक्त भएका पुरूषोत्तम लाल संघईलाई सञ्चालक समितिको सोमबार बिहान बसेको बैठकले अध्यक्ष चयन गरेको हो।

    संस्थापक सञ्चालक गोविन्द लाल संघईले आइतबार सञ्चालक पदबाट राजीनामा दिएर सञ्चालक समितिबाट बाहिरएपछि सञ्चालक समितिले बाँकी कार्यकालका लागि पुरूषोत्तम संघइलाइ नियुक्त गरेको हो।

    पछिल्लो पटक गोविन्द लाल संघई गत पुस १९ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाबाट संस्थापक समूह अर्न्तगत ४ वर्षे कार्यकालका लागि पुनः सञ्चालक नियुक्त भएका थिए । साधारणसभा पछि बसेको संचालक समितिको ४०७औं बैठकले गोविन्द लाललाई सर्वसम्मतिबाट अध्यक्ष चयन गरेको थियो। कार्यकाल सकिनु ३ वर्ष १० महिना अघि नै उनी राजीनामा दिएर बाहिरिएका छन्।

    प्रतिकृया दिनुहोस्