News Portal

  • वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त गाभिने

    आर्थीकसंसार संवाददाता५ माघ, २०७७
    ५१५ पटक
    ५ माघ, २०७७

    काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् । सोसम्बन्धी दुई संस्थाबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
    गत माघ ४ गते दिउँसो ४ बजे उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यससँगै वोमी लघुवित्त वित्तीय संस्थाको बन्द रहेको सेयर कारोबार पनि फुकुवा भएको छ ।
    वोमी लघुवित्तले ग्रामीण स्वयंसेवक लघुवित्तलाई १ः१ को स्वाप रेसियोमा गाभ्ने भएको हो । हाल संस्थाले ३८ जिल्लामा ६१ वटा शाखा कार्यालयहरुमार्फत ४७ हजार सदस्यहरुमा कुल उठाउन बाँकी कर्जा रकम ३ अर्ब रुपैयाँ तथा बचत रकम १ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ ।

    प्रतिकृया दिनुहोस्