News Portal

  • नेपाल लाइफले मृतकको परिवारलाई १ करोड ३२ लाख दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता५ माघ, २०७७
    १०२९ पटक
    ५ माघ, २०७७

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा गराएका स्व. सुरेश बहादुर केसीको परिवारलाई १ करोड ३२ लाख ५० हजार मत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोरोनाको कारण मृत्यु भएका केसीका परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पोखरा प्रमुखलगायतको टोलीले केसीकी श्रीमतीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
    केसीले नेपाल लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका थिए । करिब १ करोडको जीवन बीमा गराएका केसीले ५ किस्ता मात्र बुझाएपछि उनको निधन भएको थियो । श्रीमती केसीले श्रीमानको मृत्यले दुखित भएता पनि परिवारका लागि उक्त बीमा रकमले सहयोग पुगेको बताइन् । सो दाबी वापतको रकम नेपाल लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख पोखराका दशरथ झा , पोखरा शाखा प्रमुख कुशल सिंह थापा र बरिष्ठ अभिकर्ता प्रविण पोख्रेलले मृतकका परिवारलाई हस्तान्तरणगरेका हुन् ।
    क्षेत्रीय प्रमुख झाले कम्पनीले मृत्यु दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेको बताए । त्यस्तै बरिष्ठ अभिकर्ता प्रविण पोख्रेलले छिटो छरितो मृत्यु दाबी भुक्तानीका कारण बिमाप्रति आम मानिसको विश्वास बढेको समेत जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्