News Portal

  • प्रोग्रेशिभ फाइनान्सको साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१ माघ, २०८१
    ९ पटक
    १ माघ, २०८१

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो २७औं र २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। पुस २९ गते सञ्चालक समिति अध्यक्ष लक्ष्मी प्रसाद महर्जनको अध्यक्षतामा आयोजित सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पारित भएको छ ।

    अध्यक्ष महर्जनले संस्थाले अघिल्लो आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रम, उपलब्धि र आगामी योजनाबारे जानकारी गराउँदै संस्थाले अपेक्षित प्रगति गरिरहेको उल्लेख गरे। साथै, गत वर्षको मुनाफाले शेयरधनीहरूमा आशा जागृत गराएको र उनीहरूले दिएका सुझावलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

    सभाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। साथै, २०८०/८१ का लागि बाह्य लेखापरीक्षकका रूपमा नियुक्त रन्जिव एण्ड एशोसिएट्सलाई अनुमोदन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि डीजी एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय गरेको छ।

    संस्थाका प्रमुख सूचना अधिकारी प्रमोद भट्टराईका अनुसार प्रोग्रेशिभ फाइनान्सले २३ वटा शाखा कार्यालय र ४ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत नवीनतम प्रविधिको प्रयोग गर्दै आफ्ना सेवा प्रदान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस्