News Portal

  • ग्लोबल बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि कर्जासम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७७
    १७०५ पटक
    २६ मंसिर, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि कर्जा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकका बारपाक शाखा प्रबन्धक प्रदीप गुरुङ तथा सुपरभाइजर तेजबहादुर थापाले हस्ताक्षर गरेका थिए ।
    सम्झौताअनुसार बैंकले आवश्यक प्रक्रिया पूरा गरेका कृषकलाई परियोजनाको विश्लेषण गरी न्यूनतम दुई लाखदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ ।

    प्रतिकृया दिनुहोस्