News Portal

  • गरिमा विकास बैंकको डीसीईओ बने रेग्मी

    आर्थीकसंसार संवाददाता१ असोज, २०८१
    २७ पटक
    १ असोज, २०८१

    काठमाडौं । गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मीलाई डीसीईओमा नियुक्त गर्ने निणर्य गरेको हो ।

    विकास बैंकको सञ्चालक समितिले गरिमा विकास बैंकमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।

    नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरको अनुभव रहेको छ ।

    बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसँग बैंकिङ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ ।

    प्रतिकृया दिनुहोस्