News Portal

  • सूर्यज्योति लाइफले भुक्तानी गर्यो ५.८४ करोड रुपैयाँ दाबी

    आर्थीकसंसार संवाददाता१९ भदौ, २०८१
    ११७ पटक
    १९ भदौ, २०८१

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साउन महिनामा मात्रै ५ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ । कम्पनीले असार महिनामा १७५ वटा दाबीवापत उक्त रकम बराबरको दाबी भुक्तानी गरेको हो ।

    त्यस्तै, कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को साउन मसान्तसम्ममा १७५ वटा दाबीबापत ५ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्