News Portal

  • मुक्तिनाथ विकास बैंकद्वारा त्रिपक्षीय सम्झौता

    आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७७
    १५३५ पटक
    २७ कार्तिक, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफ डब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना ग्रामीण तथा अर्धसहरी क्षेत्रमा दीर्घकालीन आर्थिक विकास–एमएसएमइ वित्त चरण २, नेपाल सरकार, अर्थमन्त्रालय र जर्मन वित्तीय विकास निगमद्वारा सञ्चालनमा रहेको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
    लघु, साना तथा मझौला उद्यमको विकासले देशको आर्थिक विकास तथा रोजगारी सृजनामा अहम भूमिका रहने विषयलाई दृष्टिगत गरी सो कार्यलाई सार्थकता प्रदान गर्न मुक्तिनाथ विकास बैंकले मुख्यतः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशअन्तर्गत ग्रामीण तथा अर्धसहरी क्षेत्रमा रहेका लघु, साना तथा मझौला उद्योगलाई कर्जा प्रदान गर्ने जनाएको छ ।
    परियोजनाले विशेषगरी कोभिड–१९ को कारणले अति प्रभावित क्षेत्रमा वित्त तथा तरलता सुविधा २ लाख देखी ४० लाख सम्म प्रदान गर्नेछ ।
    विकास बैंकहरुमध्ये अग्रपंक्तीमा रहेको मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३८ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्