काठमाण्डाैं । नेपाल राष्ट्र बैंकले कृषि प्रयाेजनका लागी बैंकले सानाे रकमकाे कर्जा स्वीकृती प्रकृया सात दिनभित्र नगरे उजुरी गर्न सर्वसाधारणसँग अनुराेध गरेकाे छ। केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले २० लाख रूपैयाँसम्मकाे कृषि कर्जाकाे निवेदन सात दिनभित्र अनिवार्य स्वीकृत वा अस्वीकृत गर्नुपर्ने प्रावधान रहेकाे बारे सर्वसाधारणमा जानकारी गराएकाे छ।
बैंकले कर्जाकाे निवेदन अस्वीकृत गरेकाे अवस्थामा अस्वीकृत गर्नुकाे कारणबारे स्पष्ट खुलाएर लिखितरूपमा नै निवेदकलाई जानकारी दिनुपर्ने प्रावधान छ। ऋण सात दिनभित्र स्वीकृत नभएर साेकाे लिखित जानकारी प्राप्त नभएकाे अवस्थामा बैंक तथा वित्तीय संस्थाविरूद्ध कारवाहीका लागी नेपाल राष्ट्र बैंक समक्ष https://gunaso.nrb.org.np/ मार्फत् उजुरी दिन समेत राष्ट्र बैंकले सर्वसाधारणसँग अनुराेध गरेकाे छ।
राष्ट्र बैंकले खाद्यान्न उत्पादन, पशुपंक्षी र मत्स्यपालन जस्ता कार्यका लागी २० लाख रूपैयाँसम्मकाे कर्जा प्रवाह गर्दा माेटर बाटाे नभएकाे खेती याेग्य जमिनलाई समेत धिताेका रुपमा स्वीकार्न सक्ने प्रावधान रहेकाे समेत जनाएकाे छ।
कृषि कर्जाका लागी खेती याेग्य जमिन समेत धिताेकाे रुपमा बैंक तथा वित्तीय संस्थाले अस्वीकार गर्ने र घडेरी धिताेमा राखेर कृषि कर्जा माग्दा समेत निक्कै सकस भाेग्नु परेकाे व्यापक गुनासाे आएपछि राष्ट्र बैंकले कृषि कर्जा सात कार्य दिनभित्र स्वीकृत गर्न बैंकहरूलाई निर्देशन दिइसकेकाे छ।
कृषि कर्जाकाे आवेदन सात दिनभित्र स्वीकृत नभए राष्ट्र बैंकले कारवाही गर्ने
आर्थीकसंसार संवाददाता१० साउन, २०८०
१० साउन, २०८० - क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो