काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी ‘सलिको’ २७ वर्ष पुरा गरेर २८ औं वर्षमा प्रवेश गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकिकरण भइ कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी सलिको मार्फत थप सशक्त, सवल, गतिशील र विश्वसनीय बीमा सेवा उपलब्ध गराउने कम्पनीले प्रण गरेको छ ।
कम्पनीले आफ्नो व्यवसायिक यात्रामा निरन्तर साथ र सहयोग पुर्याउने सम्पुर्ण ग्राहकवर्ग, शेयरधनी तथा सवेश्चछुकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ खर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले बीमितलाई तीन अर्ब ९ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । एक वर्षको अवधिमा ३ लाख ११ हजार ३५८ वटा बीमालेख जारी गर्न सफल भएको छ । कम्पनीले ११३ वटा शाखा कार्यालय मार्फत निर्जीवन बीमा सेवा सञ्चालन गर्दै आइरहेको छ । यसका लागि कम्पनीमा ६३७ जना जनशक्ति समर्पित छन् ।
मर्जर पश्चात २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी कायम भएको छ भने नेटवर्थ ५ अर्ब ९० करोड रुपैयाँ रहेको छ । निर्जीवन बीमा व्यवसायमा अग्रणी र छुट्टा छुट्टै इतिहास बनाएका दुई कम्पनीको मर्जरले थप सिनर्जी प्राप्त भएको छ । यस वर्ष कम्पनीले चार/पाच वटा विपद सहन गर्नु पर्यो । लगातार भइरहेको हेलिकप्टर दुर्घटनाको दाबी भुक्तानी गर्नु पर्ने अवस्थाका बाबजुद पनि कम्पनीले यस वर्ष उल्लेख्य व्यवसाय गर्न सफल भएको हो । हवाइ दुर्घटनाकै कारण दाबी भुक्तानी रकम बढेको हो ।
साविक सगरमाथा इन्स्योरेन्स कम्पनी लाभांश वितरणदेखि लिएर निर्जीवन बीमा सेवा तर्फ पनि अग्रणी रहदै आएको छ । त्यस्तै प्रथम गभर्नर हिमालयन समेशेरले स्थापन गरेको लुम्बिनीले पनि बजारमा छुट्टै छाप छाड्दै आएको थियो । यदि बजारमा छुट्टा छुट्टै पहिचाहन बनाएका दुई कम्पनीको मर्जरले बीमा बजारमा पनि राम्रो टेवा पुर्याएको छ ।
सगरमाथा लुम्बिनी २८ औं वर्षमा प्रवेश, एक वर्षमा ४ अर्ब ५५ करोड बीमा शुल्क आर्जन गर्न सफल
आर्थीकसंसार संवाददाता२ साउन, २०८०
२ साउन, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने