News Portal

  • सानिमा रिलायन्स लाईफले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यको बीमा गरिदिने

    आर्थीकसंसार संवाददाता५ असार, २०८०
    २७४ पटक
    ५ असार, २०८०

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको म्यादी जीवन बीमा गरिदिने भएको छ । सो सम्बन्धमा इन्स्योरेन्स र उक्त सहकारीबीच संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यहरुको बीमा गरिदिने सम्बन्धमा सम्झौता भएको हो ।
    उक्त सम्झौतामा सानिमा रिलायन्स लाईफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डे र हाम्रो बहुउद्देश्यीय सहकारीका तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेले हस्ताक्षर गरेका छन् ।
    कार्यक्रममा सहकारी संस्थाका आई.टी सल्लाहकार दिपेन्द्र पौडेलको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा अध्यक्ष पाण्डेयले आगामी दिनमा सहकारी संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुको समेत बीमा गरिने र आबश्यकता अनुसार अन्य योजनाहरुमा पनि सहकार्य गरिने जानकारी दिए ।
    बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले विपन्न वर्गका ग्राहक सदस्यहरुमा उद्यमशीलता विकास गर्नका लागी बिना भेदभाव “हामी गछौं, सबैका लागी, सधैका लागी” भन्ने मुल नाराका साथ लघुबित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्