काठमाडौं । नेशनल माइक्रोफाइनान्सले विशेष असार ३ गते गर्ने भएको छ । उक्त सभा धादिङ स्थित धादिङ क्रिक रिसोर्टमा गर्ने कम्पनीले जनाएको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभामा मर्जर समबन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने, डिडिए प्रतिवेदन तथा स्वाप रेसियो विवरण पारित गर्ने, हालसम्म मर्जरको लागि भए गरेकाकार्यहरुको अनुमोदन गर्ने, मर्जरको लागि बाँकि काम गर्ने अख्तियारी संचालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।
नेशनल माइक्रोफाइनान्सको १ कित्ता शेयर बराबर समीट लघुवित्तको ०.७३ कित्ता शेयर हुने गरि मर्जरको लागि स्वाप रेसियो तय भएको छ ।
मर्जरपछि बन्ने कम्पनीको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ भने केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहने छ ।
नेशनल माइक्रोफाइनान्सले विशेष साधारण सभा प्रयोजनको लागि जेठ २५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ २४ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।
नेशनल माइक्रोफाइनान्सको विशेष साधारण सभा असार ३ गते
आर्थीकसंसार संवाददाता१९ जेठ, २०८०
१९ जेठ, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने