काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ सिटिजन लाईफ बुटवल शाखाले दुई दिने होमस्टे कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लाइफ बुटवल एरियाले २०८० जेठ १२ र १३ गते स्याङ्जा जिल्लाको सिरुबरीमा ८० जनाको सहभागितामा सिरुबारी होम स्टे कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।
कार्यक्रममा बुटवल एरिया अन्तर्गतका बुटवल, बर्दघाट, देवदह, कावासोति, फर्साटिकर , मुर्गिया र पाल्पा शाखाका शाखा प्रमुख सहित सिटिजन लिडरहरुको सहभागिता रहेको थियो । सिरुबारि परिवारले पंचेबाजा सहित माला लगाएर स्वागत गर्दै पाहुनाको स्वागत गरेको थियो ।
उपस्थित भएका पाहुनालाई सिरुबारिको मौलिक सांस्कृतिक कार्यक्रम द्वरा भरपुर मनोरञ्जन प्रदान गरेको थियो । दुई दिन एक रातको उक्त कार्यक्रम निकै भव्य रहेको र यो कार्यक्रमले कम्पनिको ब्यवसायिक उपलब्धिमा ठुलो टेवा पुग्ने विश्वास लिइएको छ । कार्यक्रम भिम सुबेदि र उत्तम परियरले संयोजन गरेका थिए भने सबै शाखा प्रमुखले आफ्नो आफ्नो भुमिका निर्वाह गरेका थिए ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सिटिजन लाइफ बुटवल एरियाद्धारा होमस्टे कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता१४ जेठ, २०८०
१४ जेठ, २०८०- चन्द्रागिरी हिल्समा सूर्यज्योति लाइफका एमडिआरटी अभिकर्ताको भव्य सम्मान्
- बलत्कार पीडितको उद्धारमा संलग्न संस्थालाई ओरिएण्टलको आर्थिक सहयोग
- संस्थापकले बिक्रीमा राखे एनएमबि बैंकको सेयर, सर्वसाधारणले समेत किन्न पाउने
- क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
- आरविवि मर्चेन्ट बैंकिङको १० औं वार्षिकोत्सव सम्पन्न
- सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच समझदारी
- ६ महिनामा बैंकहरूले बढाए साढे २ खर्ब लगानी, यी ४ बैंकको घट्यो
- लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई दियो २ लाख ४५ हजार
- गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट
- लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत्का लागि जुट्यो लगानी