काठमाडौं । एनएमबि लघुवित्तको दुई दिने बजेट योजना तथा व्यवसायिक रणनीतिक कार्यशाला सम्पन्न भएको छ । शनिबार पोखराको लेकसाईडमा भएको कार्यशालामा ४५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
जेठ ५ गते देखि ६ गतेसम्म आयोजित कार्यशालामा रणनीति तथा लक्ष्य निर्धारण, शाखा व्यवस्थापन, शाखा संचालन व्यवस्थापनमा प्रादेशिक प्रमुख, क्षेत्रीय प्रवन्धकको भूमिका, शाखा अनुगमन, ग्राहक पहिचान तथा बचत खाता ब्यबस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, इन्टरनल कन्टोल एण्ड अडिट सिस्टम लगायत समसामयिक विषयवस्तुमा विभागिय प्रमुखवाट प्रशिक्षण दिईएको थियो ।
यस वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरि ६८ जिल्लामा १४८ वटा शाखा उपशाखा र ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय विस्तार गरी करिब एकलाख विस हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।
एनएमबि लघुवित्तको दुई दिने बजेट योजना कार्यशाला सम्पन्न
आर्थीकसंसार संवाददाता७ जेठ, २०८०
७ जेठ, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी