News Portal

  • राष्ट्रिय बीमा संस्थानले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डाहरु

    आर्थीकसंसार संवाददाता७ जेठ, २०८०
    २९३ पटक
    ७ जेठ, २०८०

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जेठ २२ गते विशेष साधारण सभा गर्ने भएको छ । उक्त सभा संस्थानको प्रधान कार्यालयमा दिउँसो ४ बजे गर्ने कम्पनीले जनाएको छ । संस्थानको जेठ २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
    सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुरुप तयार पारिएको संस्थानको पूँजी योजना अध्यक्ष प्रतिवेदन २०७९ अनुरुप नेपाल सरकार नेपाल राष्ट्र बैंक र नेपाल बैंकले आफ्नो लगानी हिस्सा वापत हकप्रद शेयर मार्फत थप गर्नुपर्ने पूँजी रकम बृद्धि गर्न आब्हान गर्ने प्रस्ताव पारित गर्नेछ ।
    सभाले आर्थिक वर्ष २०७५/ ७६ को लेखा परीक्षण गर्न महालेखा परीक्षक कार्यालयबाट लेखा परीक्षक सी ए राजकुमार शिवाकोटीलाई नियुक्तका लागि परामर्श प्राप्त भएकाले उक्त आर्थिक वर्षको लेखापरीक्षक नियुक्त र नीजको पारीश्रमिक तय गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्