काठमाडौं । जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखीममा रहेको दक्षिण एसिया क्षेत्रलाई यो संकट संकटसँग जुध्न सक्षम पार्ने उपायको खोजी गर्ने उद्देश्यले आजदेखि राजधानीमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । विश्वका १४ देशका १०० युवाहरुको सहभागिता हुने यो सम्मेलनको मुख्य विषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता, सबैको लागि भलाई’ रहेकोछ । ग्लोबल सेपर्स कम्युनिटी काठमाडौं र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा हुन लागेको यो सम्मेलनको दौरानमा सहभागीहरुले जलवायु उत्थानशीलताका लागि नविनतम र अन्यत्र लागु गर्न सक्ने समाधानका उपायहरुको वारेमा छलफल गर्नेछन् ।
यो बर्षको सम्मेलन दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएकाले ‘सेप साउथ एसिया–२०२३’ नाम दिइएको यो सम्मेलनमा विभिन्न विषयगत सत्रहरुमा आयोजना हुनेछन् भने युवा तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्थाहरुको आवाज समेटेर एउटा पैरबी पत्र अर्थात एडभोकेसी पेपर समेत जारी गरिनेछ । सम्मेलनको दौरानमा सिएनआई, नेपाल चेम्वर अफ कमर्श तथा सीउनआईवाईइएफ जस्ता निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाले जलवायु परिवर्तन न्यूनीकरण गर्न संयुक्त प्रतिवद्धता व्यक्त गर्नेछन् । सम्मेलनमा सहरमा आधारित परियोजनाको घोषणा गरिनेछ भने व्यवशायिक तथा निजी क्षेत्रले जलवायु परिवर्तनमा के कस्तो योगदान गर्न सक्छन भन्ने विषयमा छलफल हुनेछ ।
यो सम्मेलनलाई सहयोग गरेको एनसेलका प्रमुख कार्यकारी जाबोर कायुमोभ भन्नुहुन्छ, ‘एक्जियाटा समुहको वृहत रणनीतिक खाकाअन्र्तगतको वातावरणीय, समामाजिक तथा सुशासन नीति अनुसार दिर्घकालनीन महत्वको योजनामा हाम्रो समर्थन छ । यो अन्तर्राष्ट्रिय सम्मेलनले जलवायु उत्थानशीलताका लागि आपसी सहकार्यको विकास गर्नेछ भने व्यवसाय र पृथ्वी दुवैलाई बाँच्न सक्ने वातावरणको सिर्जना गर्न योगदना गर्नेछ ।’
सम्मेलनको स्थानीय आयोजक ग्लोबल सेपर्स काठमाडौं रहेकोछ भने स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन (एसडीसी), सेक्युरिटीपल, कोकाकोला, एनआइविल एस क्यापिटल, नेबिल वैक र इसिमोडले सम्मेलनलाई सहयोग गरेकाछन् । यसैगरी क्लाइमेट रियाल्टी टिम र योेङ ग्लोबल लिडर्सले सम्मेलनको प्राविधिक पक्षलाई संयोजन गरेकाछन् ।
वल्र्ड इकोनोमिक फोरमको संक्रियतामा स्थापना भएको ग्लोबल सेपर्स कम्युनिटीमा विश्वका १५२ देशका ५०५ सहरहरुमा केन्द्र (हब) रहेकाछन् ।
सम्मेलनको आयोजना गर्नुअघि आयोजकहरुले वृक्षारोपण अभियानअन्तर्गत तराई क्षेत्रसहित देशका विभिन्न स्थानमा २२ सय वोटविरुवा वृक्षारोपण गरेकाछन् । वायुमण्डलमा रहेको कार्बन सोस्न तथा वातावरणीय संरक्षणमा योगदान दिन सहयोग पुग्ने भएकाले वृक्षारोपण गरिएको ग्लोबल सेपर्स काठमाडौका सदस्य केशव सरावगीको धारणा छ । ‘दिगो विकासका लागि प्रकृति संरक्षण अपरिहार्य छ । आगामी पिढीलाई स्वस्थ वातावरण हस्तान्तरण गर्न वृक्षारोपणको अहंम महत्व छ,’ सरावगी भन्नुहुन्छ ।
सम्मेलनको दौरानका ग्लोवल सेपर्स काठमाडौले वातावरण संरक्षण र जलवायू परिवर्तन न्यूनीकरणको दिशामा गरेका केही नविनतम कार्यलाई प्रस्तत गरिने तयारी छ ।
दक्षिण एसियामा जलवायु परिवर्तनका प्रभावबारे तीनदिने युवा सम्मेलन शुक्रबारदेखि
आर्थीकसंसार संवाददाता५ जेठ, २०८०
५ जेठ, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान