News Portal

  • मर्जपछि बनेको सानिमा रिलायन्स लाइफको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

    आर्थीकसंसार संवाददाता४ जेठ, २०८०
    ३३५ पटक
    ४ जेठ, २०८०

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच मर्जरपश्चात् कायम भएको सेयर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो ।
    साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एक आपसमा १ः१ को अनुपामा मर्ज भएपश्चात् कायम हुन आएको ४ करोड १८ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
    यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का राखेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको जनाएको छ ।
    नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर लगानीकर्ताले अब आइतबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाउने छन् । सो दिन पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता ३९१.८८ रुपैयाँ तोकेको छ ।

     

    प्रतिकृया दिनुहोस्