News Portal

  • बीमा प्राधिकरणले घटाएर पठायो प्रभु लाइफको लाभांश

    आर्थीकसंसार संवाददाता३ जेठ, २०८०
    १२४ पटक
    ३ जेठ, २०८०

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु लाइफको २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेर पठाएको छ । प्राधिकरणले बैशाख २९ गते इन्स्योरेन्सको लाभांश संशोधन गरेर पठाएको हो।
    इन्स्योरेन्सले यसअघि हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत  बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरणमा पठाएको थियो ।
    कम्पनीले लाभांश संशोधन गरी ९.८ प्रतिशतको दरले बोनस सेयर र ०.५८ प्रतिशत नगद लाभांश गरी कुल १०।३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीले आगामी साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्