News Portal

  • नेपाल लाइफको नाफा साढे ४४ करोड, डेढ खर्ब पुग्यो जीवन बीमा कोष

    आर्थीकसंसार संवाददाता२९ बैशाख, २०८०
    १८४ पटक
    २९ बैशाख, २०८०

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा धनात्मक रहेको छ । कम्पनीले चैत मसान्तसम्म ४४ करोड ६५ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ ऋणात्मक थियो ।
    चेत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ३.२३ प्रतिशत बढेर २६ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
    ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११.५० प्रतिशत बढेर ११ अर्ब ८२ करोड २४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १० अर्ब ६० करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
    तेस्रो त्रैमासमा कम्पनीको कूल बीमाशुल्क आर्जन ३.०९ प्रतिशत बढेर २७ अर्ब २५ करोड ७७ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोहि अवधिमा २६ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
    आकर्षित प्रतिफल, समयानुकुल बजार प्रबद्र्धन रणनीति बढ्दो जनचेतना र बीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण बजार हिस्सा ओगटेको कम्पनीले बताएको छ । यस अवधिमा कम्पनले कूल दाबी भुक्तानी १० अर्ब ९५ करोड ३५ लाख रुपैयाँ गरेको छ । कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले बीमितहरुको दाबी भुक्तानी गर्ने नीति अवलम्बन गरेको बताएको छ ।
    कम्पनीले १ खर्ब ६२ अर्ब २८ करोड ८ लाख रुपैयाँ सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा १ खर्ब ३५ अर्ब १५ करोड २८ लाख रुपैयाँ लगानी गरेको थियो । गत वर्षको तुलनामा २० प्रतिशत लगानी बढाएको हो ।
    सीमक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ, जगेडा कोष ४८ करोड ६७ लाख ७४ हजार रुपैयाँ, जीवन बीमा कोष १ खर्ब ५७ अर्ब १६ करोड ९१ लख रुपैयाँ महाविपत्ति कोष ८३ करोड ३७ लाख १३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९३.१९ गुणा रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्