आर्थीकसंसार संवाददाता२८ बैशाख, २०८०
२८ बैशाख, २०८०काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् । कम्पनीको बैशाख २७ गते बसेको बैंठकले बीमा ऐन अनुसार रिक्त रहेको कम्पनीको स्वतन्त्र संचालक हुनका लागि योग्यता भएको हुनाले उनलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनलाई बैशाख २७ गतेदेखि नै लागु हुने गरि ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।