News Portal

  • यूनाइटेड इन्स्योरेन्सको नाफा ४७.११ प्रतिशत बढ्दा ईपीएस १८.६० रुपैयाँ

    आर्थीकसंसार संवाददाता२८ बैशाख, २०८०
    १८२ पटक
    २८ बैशाख, २०८०

    काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४७.११ प्रतिशत बढेर १५ करोड ५ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ४१ प्रतिशत घटेर ३५ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
    ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २०.७७ प्रतिशत बढेर २९ करोड ७ लाख रुपैयाँ गरेको छ । गत आर्र्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
    समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड रुपैयाँ, जगेडा कोष २१ करोड ७८ लाख रुपैयाँ, बीमा कोष ५० करोड २३ लाख रुपैयाँ र महाविपत्ति कोष १ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
    यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८.६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.०१ गुणा रहेको छ । तथ्याङ्क अनुसार कम्पनीको ६ हजार ८३० दाबी वापत ८७ लाख २५ हजार रुपैयाँ भुक्तानी हुन बँँकी रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्