News Portal

  • आजदेखि एकिकृत कारोबार गर्दै आइजीआई प्रुडेन्सियल, पूँजी तीन अर्ब दुई करोड पुग्ने

    आर्थीकसंसार संवाददाता२७ बैशाख, २०८०
    २२८ पटक
    २७ बैशाख, २०८०

    काठमाडौं । आजदेखि आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । यि दुई कम्पनीले आजदेखि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।
    मर्जपश्चात बन्ने आईजीआई प्रुडेन्सियलको चुक्ता पूँजी तीन अर्ब २ करोड रुपैयाँ पुग्ने छ । स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएको कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पाउने छ ।
    नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् ।
    नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्