News Portal

  • सरकारको बचत १९ खर्ब, खर्च तीन खर्ब ४३ अर्ब

    आर्थीकसंसार संवाददाता२७ बैशाख, २०८०
    १७५ पटक
    २७ बैशाख, २०८०

    काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनाको अबधिमा सरकारले ९ खर्ब ४३ अर्ब ५ करोड रुपैयाँ खर्च गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार चैत महिनासम्म सरकारले उक्त रकम खर्च गरेको हो ।
    समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ७०६ अर्ब ७७ करोड, १०७ अर्ब २४ करोड र १२९ अर्ब ४ करोड रहेको छ । समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ६८३ अर्ब ८१ करोड भएको छ ।
    समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ६१६ अर्ब १२ करोड र गैर कर राजस्व तर्फ ६७ अर्ब ६९ करोड परिचालन भएको छ ।
    यस्तै, चैत्र मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १९१ अर्ब ३७ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २२५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । चालू आवको ९ महिनाको अबधिमा ३ खर्ब ४४ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ ।

     

    प्रतिकृया दिनुहोस्