News Portal

  • गुराँस, प्राइम र यूनियन मर्जपछि हिमालयन लाइफ सञ्चालनमा, यस्तो बन्यो नयाँ नेतृत्व

    आर्थीकसंसार संवाददाता२६ बैशाख, २०८०
    १५८ पटक
    २६ बैशाख, २०८०

    काठमाडौं । आजदेखि गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । आजदेखि यी तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।
    मर्जरपछि बन्ने हिमालयन लाइफको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ हुनेछ ।  गुराँस लाइफको हाल चुक्ता पूँजी दुई अर्ब ५३ करोड ६५ लाख ६३ हजार रुपैयाँ, यूनियन लाइफको दुई अर्ब ३४ करोड २८ लाख र प्राइम लाइफको ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
    मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अध्यक्ष सुलभ अग्रवाल चयन भएका छन् । उनी यूनियन लाइफका अध्यक्ष थिए । संयुक्त मर्जर कमिटीले तीन वटै कम्पनीबाट दुई दुई जना सञ्चालकमा प्रतिनिधित्व हुने गरी सञ्चालक समिति गठन भएको हो ।
    युनियन लाइफको तर्फबाट अध्यक्ष सुलभसहित जीवन कुमार अग्रवाल नियुक्त भएका छन् । त्यस्तै प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिल केसी थापा नियुक्त भएका छन् । गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त भएका छन् । स्वतन्त्र सञ्चालक भने नियुक्त गर्न बाँकी छ ।
    हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कणर्ले निरन्तरता पाएका छन् । उनी यूनियनमा प्रमुख कार्यकारी अधिकृत थिए । नायव प्रमुख कार्यकारी अधिकृत भने दुई जना रहने भएका छन् । गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल कणर् र युनियन लाइफका कपिल कुमार दाहालले हिमालयनमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार दाहालले भने राजीनामा दिएको स्रोतले बतायो ।
    बैशाख १३ गते बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् । एकिकृत कारोबार सुरु गर्नको वैशाख २३, २४ र २५ गतेसम्म ३ वटै कम्पनीको सेयर कारोबार र बीमा सेवाहरु बन्द रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्