News Portal

  • अजोड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न, यूनाइटेडसँगको मर्जको प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता२५ बैशाख, २०८०
    १६२ पटक
    २५ बैशाख, २०८०

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न गरेको छ । सोमबार विशेष साधारण सभामार्फत यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)सँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्तावको पारित भएको हो ।
    अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन व्यवसाय गर्ने कम्पनीको नाम ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ कायम हुने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
    साधारणसभाले यूनाइटेड इन्स्योरेन्ससँग सेयर अनुपात ८२.५०ः१०० कायम गर्ने, अन्तिम सम्झौतापत्र तथा आवश्यक काम कारबाही र लेखापरीक्षकमा एस. आर. पाण्डे एण्ड कम्पनीलाई चाटर्ड एकाउन्टेन्टको रुपमा नियुक्ति र निजलाई प्रदान गरिने पारिश्रमिक अनुमोदन गरेको छ ।
    यस्तै एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौता ,सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने , चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित भएको छ ।

     

    प्रतिकृया दिनुहोस्