काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले शाखा प्रमुखहरुको सहभागितामा आर्थिक वर्ष २०७८/७९ को समिक्षा र आर्थिक वर्ष २०८०/८१ को बजेट तर्जुमा समिक्षात्मक गोष्ठी सम्पन्न गरेको छ। उक्त गोष्ठी काठमाडौंको एल्लो प्यागोडा होटेलमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थानको भावी योजनाको बारेमा छलफल भएको थियो।
राष्ट्रिय बीमा संस्थानका विभागीय प्रमुखहरुले आफ्नो विभागको प्रस्तुति र शाखाको जिज्ञासाको बारेमा जवाफ दिएका थिए। व्यवसायको हिसाबले उत्कृष्ट शाखाहरुलाई प्रशंसा पत्र र नगदले सम्मान गरेका थिए। उत्कृष्ट हुने शाखाहरुमा प्रथम नारायणगढ, दोस्रो पोखरा र तेस्रो बुटवल तथा उपत्यकाबाट प्रथम लगनखेल शाखालाई सम्मान गरिएको थिए।
शाखा प्रमुखहरुले आफ्नो प्रगति विवरण र समस्या बारे प्रस्तुति दिएका थिए। संस्थानको तर्फबाट प्रशासक कवि प्रसाद पाठकले जवाफ दिएका थिए। संस्थानको सहायक प्रशासक श्री कृष्ण कुमार श्रेष्ठ, व्यवस्थापक भोलानाथ घिमिरे लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको बजार व्यवस्थापन विभागको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभागका सह व्यस्थापक दिपा अधिकारीले शाखाको व्यवसायिक विवरण बारे प्रस्तुति दिएका थिए भने कार्यक्रमको सहजीकरण सहायक व्यवस्थापक सुजित प्रसाद शाहले गरेका थिए।
शाखा प्रमुखहरुको सहभागितामा राष्ट्रिय बीमा संस्थानको समिक्षात्मक गोष्ठी सम्पन्न
आर्थीकसंसार संवाददाता२४ बैशाख, २०८०
२४ बैशाख, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान