News Portal

  • लघुवित्त संस्थाले निक्षेप खातामा शुल्क लिन पाउँदैनन् : राष्ट्र बैंक

    आर्थीकसंसार संवाददाता१९ बैशाख, २०८०
    २८६ पटक
    १९ बैशाख, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले बचत तथा निक्षेप खाता सञ्चालन गर्दा कुनै शुल्क लिन नपाउने बताएको छ । वित्तीय चेतनाका लागि राष्ट्र बैंकले एक सन्देश जारी गर्दै लघुवित्त संस्थाहरुले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्क लिन नपाउने बताएको हो ।
    साथै, लघुवित्त वित्तीय संस्थाहरुले लिने सेवा शुल्कमा नेपाल राष्ट्र बैंकले सीमा तोकेको हुँदा बढी लिएमा गुनासो गर्न आग्रह गरेको छ ।
    ‘कर्जा प्रवाह गर्दा १.५० प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउँछन्, एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह गरेमा वार्षिक
    १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन सक्छन्,’ राष्ट्र बैंकले जारी गरिएको सन्देशमा भनिएको ।
    साथै, लघुवित्त वित्तीय संस्थाले अन्य कुनै शुल्क मागेमा वा लिएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्नुपर्ने र उक्त संस्थाबाट गुनासो सुनुवाई नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने राष्ट्र बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्