News Portal

  • वैशाख २७ गतेबाट एकीकृत कारोबार गर्दै आइजीआई प्रुडेन्सियल

    आर्थीकसंसार संवाददाता१७ बैशाख, २०८०
    १८९ पटक
    १७ बैशाख, २०८०

    काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गते बुधबारबाट एकीकृत कारोबार गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
    मर्जरपछि बन्ने नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् ।ढकाल र श्रेष्ठ दुवै आइएमई जनरल इन्स्योरेन्सका हुन् ।
    त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् ।
    मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो ।

     

    प्रतिकृया दिनुहोस्