आर्थीकसंसार संवाददाता१७ बैशाख, २०८०
१७ बैशाख, २०८०काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण गर्ने घाषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैशाख १७ गते बसेको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयाेगजनकाे लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले निक्षेपकर्तालाई १२ प्रतिशतसम्म व्याज दिएको वर्ष यस कम्पनीले सेयरधनीलाई भने ५ प्रतिशत भन्दा कम लाभांश दिन लागेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।