काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट बैशाख १५ गते स्वीकृत भई बीमा लेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा प्रतिहजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ५२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
यस्तै, कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपंयाँ बोनस दसर तोकेको छ । बीमा योजनाको अवधिमा बिमीले सो बोनस दर प्राप्त गर्न सक्नेछन् ।
यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजना, महालक्ष्मी धनधान्य बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।