News Portal

  • कर्जाको ब्याजदर घटाउनु पर्छ : गभर्नर अधिकारी

    आर्थीकसंसार संवाददाता१४ बैशाख, २०८०
    १८१ पटक
    १४ बैशाख, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब कर्जाको पनि ब्याज घटाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्र बैंकको ६८ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
    बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएकाले अर्थतन्त्र चलायमान भएको बताउँदै उनले भने,’बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको ब्याजदर घट्दै गएको छ, अब कर्जाको पनि ब्याज घटाउनुपर्छ, जसले अर्थतन्त्र पनि चलायमान भइरहेको छ ।’
    यस्तै, उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनमुलक उद्योग व्यवसायमा कर्जा लगानी गर्न जोड दिइरहेको बताए ।
    उनले अर्थतन्त्र विकास र विस्तारमा राष्ट्र बैंकले अग्रणी भूमिका खेल्ने गरेको उनले बताए । पछिल्लो समय अर्थतन्त्र समस्या पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरेर सहज स्थितीमा ल्याएको उनी बताउँछन् ।
    ‘२०७८/७९ मा सोधानान्तर स्थिती घट्न गई विदेशी मुद्रा संचित घट्न गयो, राष्ट्र बैंकले १० बिलासी वस्तुको आयातमा कडाइ गरेर सहज भयो, पुनः आयातमा खुकुलो भइरहेको छ, नियामकित सुबिधा पनि राष्ट्र बैंकले हटाएको छ,’ उनले भने ।
    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु विरुद्धका गतिविधि बढेका कारण खराब कर्जा बढ्न गएको उनको भनाइ छ । राष्ट्र बैंकले आफ्नो सेयर स्वामित्व भएका नेपाल स्टक एक्सचेञ्ज, नेपाल क्लियरिङ्ग हाउसको आंशिक र ग्रामीण विकास लघुवित्तको सेयर पूर्ण रुपमा बिक्री गरिसकेको उनले जानकारी दिए ।

     

    प्रतिकृया दिनुहोस्