काठमाण्डाैं । कर्मचारी संचय काेषले दुर्घटनामा परी ज्यान गुमाएका संचयकर्ताकाे आश्रित परिवारजनलाई राहतस्वरुप ३६ लाख रुपैयाँ नगद वितरण गरेकाे छ। काेषले १८ जना मृतककाे परिवारलाई जनही २ लाख रुपैयाँकाे दरले कूल ३८ लाख रुपैयाँ वितरण गरेकाे हाे ।
काेषकाे बैशाख ६ गते सम्पन्न ४९४ नम्बर बैठकबाट १२ र ४९५ नम्बर बैठकबाट ६ जना मृतककाे परिवारलाई क्षतिपूर्ती दिने निर्णय गरेकाे हाे । संचयकर्ताकाे हकवालालाई राहतस्वरुप क्षतिपूर्ती रकम वितरण गर्ने निर्णय गरिएकाेमा दुर्घटनामा परेर ज्यान गुमाएकाहरुमध्ये १४ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत थिए ।
यसअघि गत फागुन ३० गते काेषकाे बैठकले दुर्घटनामा परेर मृत्यु भएका २७ जना मृतक संचयकर्ताकाे हकवालालाई जनही २ लाख रुपैयाँकाे दरले ५४ लाख रुपैयाँ राहत रकम वितरण गर्ने निर्णय गरेकाे थियाे । त्यस अघि पुस २८ गतेकाे बैठककाे निर्णयबाट २६ जना मृतककाे परिवारलाई ५८ लाख रुपैयाँ वितरण गर्ने निर्णय गरेकाे थियाे । काेषका अनुसार मृतक संचयकर्तामध्ये अधिकांशकाे मृत्यु सवारी दुर्घटनामा परेर हुने गरेकाे छ ।
तीन महिनामै रु ७ कराेड वितरण
संचयकाेषले आर्थिक वर्ष २०७९।८० काे पहिलाे तीन महिनामा संचयकर्ता र तिनकाे परिवारजनलाई समेत सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार, सुत्केरी स्याहार, दुर्घटना मृत्यु, अपाङतालगायतमा ७ कराेड रुपैयाँ बाँडेकाे छ। कोषले कुल ३ हजार ५ सय १६ सञ्चयकर्ता र तिनकाे हकवालालाई याे रकम वितरण गरेकाे हाे । याे रकममध्ये सञ्चयकर्ता स्वास्थ्योपचार सुविधा अन्तर्गत साधारण रोगतर्फ २८९ सञ्चयकतालाई २ करोड ६१ लाख, घातक रोगका लागि ९५ सञ्चयकर्तालाई १ करोड ५१ लाख प्रदान गरेको छ । त्यसैगरी काेषले सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत २ हजार ८ सय ८५ जनालाई २ करोड ६३ लाख, काजकिरिया अनुदान सुविधा १ सय ९४ जनाका आश्रित परिवारलाई ७७ लाख ६० हजार र दुर्घटना क्षतिपूर्ति सुविधा अन्तर्गत ५३ जनालाई १ करोड ६ लाख प्रदान गरेको छ ।
संचय काेषले दुर्घटनामा ज्यान गुमाएका संचयकर्ताकाे परिवारलाई दियाे रु. ३६ लाख
आर्थीकसंसार संवाददाता१२ वैशाख, २०८०
१२ वैशाख, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान