काठमाडौं । “समृद्धिको लागि सहकार्य” भन्ने मुल नाराका साथ ग्राहकहरुमाझ समृद्धि फाइनान्सले आकर्षक योजनाहरु पस्किने क्रममा आज नयाँ क्यास व्याक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्यास तथा पानीको क्रेता र विक्रेताले समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्यु आर प्रयोग गरि कारोबार गर्दा क्यास व्याकको सुविधा प्राप्त गर्ने छन ।
जसमा ग्याँस सँगै क्यास योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्यु आर प्रयोग गरि ग्यासको खरिद विक्रि कारोबार गर्दा प्रति सिलिन्डर क्रेताले ५० र विक्रिेताले १० रुपैयाँ क्यास व्याक प्राप्त गर्ने छन । त्यस्तै, पानी बचतको बानी योजना अन्तर्गत प्रत्येक पानीको जार खरिद गर्दा खरिदकर्ताले ५ रुपैयाँ क्यास व्याक प्राप्त गर्नेछन । उक्त योजना सिमित अवधिको लागि हुने फाइनान्सले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आगामी दिनमा थप पाँच वटा शाखा सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड, फोन पे जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
समृद्धि फाइनान्सको दुई नयाँ क्यास व्याक योजना सार्वजनिक
आर्थीकसंसार संवाददाता१२ वैशाख, २०८०
१२ वैशाख, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान