News Portal

  • प्रभु क्यापिटलको एसजिएम सम्पन्न, सेञ्चुरीलाई प्राप्ती र आइपीओ निष्काशनको प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता९ वैशाख, २०८०
    २९३ पटक
    ९ वैशाख, २०८०

    काठमाडौं । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई प्राप्ती गर्ने विशेष प्रस्ताव सहित आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । प्रभु बैंकले सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गरेसँगै यी बैंकको सहायक कम्पनीको रुपमा रहेका दुई क्यापिटल पनि मर्ज हुन लागेका हुन् ।
    दुवै क्यापिटलले हिजो मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका छन् । प्रभु क्यापिटलको साधारणसभा रोयम संगी होटेलमा सम्पन्न भएको छ भने सेञ्चुरी क्यापिटलको साधारण सभा आफ्नै कार्यालयमा सम्पन्न भएको हो ।
    क्यापिटलको विशेष साधारण सभाले मर्जर तथा प्राप्ति सम्बन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने, मर्जर तथा प्राप्तिको लागि हालसम्म भएका निर्णय अनुमोदन गरेका छ । डिडिए रेपोर्टको आधारमा तय गरिएको १ः१ को स्वाप अनुमोदन गरेको छ । मर्जरको लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित समेत पारित गरेको छ ।
    प्रभु क्यापिटलले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक भएमा सो को लागि संचालक समितिलाई अख्तियार दिने प्रस्ताव पारित गरेको जनाएको छ । प्रभु क्यापिटलले प्राथमिक शेयर निष्काशन गर्नेसम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्