News Portal

  • नेपाल लाइफको बीमा शुल्क इसेवाबाट तिर्दा ५ प्रतिशत क्यासब्याक

    आर्थीकसंसार संवाददाता७ बैशाख, २०८०
    २५१ पटक
    ७ बैशाख, २०८०

    काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ ।
    यस अफर अन्तर्गत बैशाख महिनाभरि बीमा शुल्कको नविकरण ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५ प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् ।
    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पे र प्रभु-पेसँग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्दछन् ।
    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने बताए । ‘आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित छ,’ उनले भने ।
    २०५८ साल बैशाख २१ गते स्थापित यस कम्पनीले २२ वर्षमा दरमियानमा विभिन्न आरोह अवरोह पार गर्दै कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्