News Portal

  • सिटिजन लाइफले डाक्यो छैठौं वार्षिक साधारण साभा, यस्ता छन् ४ एजेण्डा

    आर्थीकसंसार संवाददाता३० चैत, २०७९
    २८१ पटक
    ३० चैत, २०७९

    काठमाडौं । सिटिजन लाइफले छैठौं वार्षिक साधारण साभा बैशाख २१ गते आयोजना गर्ने भएको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा गर्ने जनाएको छ । उक्त सभा दिउँसो ३ बजे गर्ने कम्पनीले बताएको छ ।
    सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ /७९ को वासलात, हिसाब, नाफा नोक्सान आय व्यय इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसूचीहरु सहितको वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।
    त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आथिृक वर्ष २०७९/ ८० को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र बर्तमान लेखापरीक्षक श्री जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।
    कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान वापत ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्