News Portal

  • सन नेपाल लाइफ इन्स्योरेन्सको दुई वर्षको वार्षिक प्रतिवेदनहरु पारित

    आर्थीकसंसार संवाददाता३० चैत, २०७९
    २४८ पटक
    ३० चैत, २०७९

    काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ र छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७७/०७८ र २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/०७८ र २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदनहरु पारित गरिएको छ ।
    उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक श्री के.पि.आर. एशोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ ।
    यसका अतिरिक्त सभाबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रबन्ध पत्र तथा नियमावली संसोधन प्रस्ताव समेत पारित भएको छ ।

     

    प्रतिकृया दिनुहोस्