काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र कृषि विकास बैंकबिच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका तर्फ प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि बिकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गरूङले हस्ताक्षर गरे । रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल तथा देश भरी ३ सय वटा भन्दा बढि शाखा कार्यलय र थुप्रै एक्स्टेन्सन्न काउन्टर मार्फत बिभिन्न सेवाहरु प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
साथै, कृषि बिकास बैंकबिचको सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट प्राप्त गर्न सकिनेछ ।
यसका साथै कृषि बिकास बैंकसंगैको सम्झौतासंगै नेपाल रेमिट इन्टरनेशनलले अब देशभर १२ हजार भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सकिने कम्पनीले जनाएको छ।
डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैँक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने कम्पनीले जनाएको छ ।
यसका साथै, विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने साथै यसले नेपालमा रेमिट्यान्स भित्र्याउन समेत टेवा पुर्याउने नेपाल रेमिट इन्टरनेशनलका नायव महाप्रबन्धक देव बहादुर थापाले बताए ।
नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता
आर्थीकसंसार संवाददाता३० चैत, २०७९
३० चैत, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने