News Portal

  • अब ग्राहकले पेवालेटबाट रकम लोड र ट्रान्फर गर्न सक्ने

    आर्थीकसंसार संवाददाता२३ चैत, २०७९
    २११ पटक
    २३ चैत, २०७९

    काठमाडौं । आइएमई पे र एम बैंकबीच सम्झौता भएकाे छ । सहकारी संस्थालाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
    सम्झौता पत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका हुन् ।
    सम्झौता अनुसार एम बैंक एप मार्फत ६ सय ५० भन्दा बढि सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले आइएमई पे वालेटमा रकम लोड गर्न  सक्नेछन् ।
    साथै, आइएमई पेबाट सहकारीमा रकम ट्रान्सफर, सेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकट देखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ ।
    मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिदै आएको आइएमई पे मा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेका छन् । आइएमई पे का देशभर करिब ४५ हजार एजेन्ट रहेका छन् ।

    प्रतिकृया दिनुहोस्