काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी २०२३ का लागि मनोनित सबै एमडीआरटीहरुलाई सम्मान गरेको छ । इन्स्योरेन्सले धुलिखेलमा आयोजना गरेको एमडीआरटी मीट २०२३ मा सबै एमडीआरटीहरुलाई सम्मान गरेको हो ।
कम्पनीले एमडीआरटीमध्ये सीओटी हुन सफल गौरब कुमार शाही र टीओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गरेको छ । साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले टीओटी कमल प्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल हस्तान्तरण गरेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सीओटी, टीओटी, तथा एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए । सोहि कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तित्वहरुले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ ।
यस कार्यक्रमले आगामी वर्षहरुमा एमडीआरटी संख्या अझ वृद्धि गर्ने हौसला मिलेको सीओटी गौरव कुमार शाहीले जानकारी गराए । सोही कार्यक्रममा टीओटी कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफु खटिने जानकारी गराए ।
वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए । प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए ।
सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जर पश्चात बनेको आईएसओ ९००१ः२०१५ बाट सम्मानित सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब ५४ करोड रहको छ । साथै, कम्पनीले १८१ शाखा कार्यालयहरुबाट देशभर सेवा प्रदान गर्दै आएको छ ।