News Portal

  • स्वरोजगार र जनक लघुवित्तको एकीकृत कारोबार

    आर्थीकसंसार संवाददाता२५ असोज, २०७७
    १६३४ पटक
    २५ असोज, २०७७

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनक लघुवित्त वित्तीय संस्थाको असोज २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । यी दुवै कम्पनीलाई एकीकृत कारोबारका लागि असोज २ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको थियो ।
    एकीकृत कारोबार सुरु भएकै दिन यस कम्पनीका सम्पूर्ण कार्यालयको सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ । प्राप्तीपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका–५, काभ्रेपलाञ्चोकमा नै रहनेछ ।
    जनकपुर लघुवित्त वित्तीय संस्थाको १०० कित्ता शेयर बराबर स्वरोजगार लघुवित्तको ७० कित्ता शेयर आदानप्रदान गर्ने सहमतिअनुसार यी दुई कम्पनी एक भएका हुन् । प्राप्ती पश्चात बनेको कम्पनीको चुक्ता पुँजी रू. ३७ करोड ६३ लाख पुगेको छ । प्राप्तीपश्चात कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन तयारी स्वरोजगार लघुवित्तको रहेको छ ।

    प्रतिकृया दिनुहोस्