News Portal

  • कृषि विकास बैंकको १३ प्रतिशत लाभांश पारित, संचालकमा ३ जना निर्विरोध

    आर्थीकसंसार संवाददाता१४ चैत, २०७९
    ३२१ पटक
    १४ चैत, २०७९

    काठमाडौं । कृषि विकास बैंकको १३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको मंगलबार सम्पन्न वार्षिक साधरणसभाले लाभांश पारित गरेको हो ।
    बैंकको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
    यस्तै, सभामार्फत बैंकको संचालक समितिमा समूह (ख) सर्वसाधरण सेयरधनीहरुको तर्फबाट ३ (तीन) जना संचालक सदस्य क्रमशः गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, र विनोद कुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

    कृषि विकास बैंकले देशभर रहेको २८० वटा शाखाहरुबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्