काठमाडौं । सानिमा रिलायन्स लाइफले चैत ९ गतेबाट एकिकृत व्यवसाय संचालन गर्ने भएका छन् । लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई चैत ९ गते बिहिबारदेखि एकिकृत कारोबार (एकिकृत जीवन बीमा व्यवसाय) संचालन गर्ने भएका हुन् ।
यी दुवै कम्पनीको फागुन १२ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । बीमा प्राधिकरणले यी कम्पनीलाई फागुन १८ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते एकिकृत कारोबारको स्वीकृति दिएकोले यी दबै कम्पनीको संयुक्त मर्जर कमिटिको चैत ५ गते बसेको बैठकले चैत ९गतेबाट एकिकृत कारोवार सुरु गर्ने निर्णय गरेको हो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहने जनाएको छ । दुबै कम्पनीले १ः१ को स्वाप अनुपातमा आपसमा गाभ्ने गाभिने सहमति गरेका हुन् ।रिलायन्स लाईफको चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाइफको चुक्ता पूँजी २ अर्ब रुपैयाँ छ। गाभिएपछि तत्काल चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ।
चैत ९ गतेबाट दुई कम्पनीले एकिकृत जीवन बीमा व्यवसाय गर्दै
आर्थीकसंसार संवाददाता७ चैत, २०७९
७ चैत, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान