News Portal

  • एशियन पेन्ट्सले मनायो फागु पुन्ही या भिन्तुना

    आर्थीकसंसार संवाददाता२४ फागुन, २०७९
    ३५० पटक
    २४ फागुन, २०७९

    काठमाडौं । नेपालको पेन्ट बजारमा अग्रणी स्थानमा रहन सफल एशियन पेन्ट्सले काठमाडौं महानगरपालिका–२४ र कुटुम्बा ब्यान्डको सहकार्यमा फागुन २२ गते काठमाडौंको इन्द्रचोकमा रङ्गको पर्व होली मनायो । नेवा संस्कृति र समुदायको उत्थान र प्रदर्शन गर्ने उद्देश्यले सांस्कृतिक ब्यान्ड कुटुम्ब ब्यान्डको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको थियो ।


    गत सोमबार दिउँसोको १ बजेबाट सुरु भएको कार्यक्रम दिउँसो ४ बजेसम्म चलेको थियो जसमा सहभागीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य आकर्षण कुटुम्बा ब्यान्डको सांस्कृतिक प्रस्तुति थियो जसले नेपाली परम्परामा गहिरो जरा गाडिएको नेवा संस्कृतिको सार देखाएको थियो । सांगीतिक प्रस्तुति बाहेक सहभागीहरुले फोटोबुथ र एशियन पेन्ट्स नेपालले राखेको ओपन शावरको पनि मजा लिई होली उत्सवको आनन्द उठाए ।
    कार्यक्रमको बारेमा बोल्दै एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर श्री गोपालकृष्णन जीले भन्नुभयो, ूकाठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्बा ब्यान्डसँग होली मनाउन पाउँदा हामीले भाग्यमानी महसुस गरेका छौं । यो कार्यक्रम नेवा संस्कृति र समुदायलाई प्रवद्र्धन तथा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरेका थियौं जुन नेपालको समृद्ध सम्पदाको अभिन्न अंग हो । हामी सहभागीहरूको उत्साहजनक प्रतिक्रिया देखेर हामी निक्कै खुसी छौं, र हामी हाम्रो यो विविधतालाई प्रवद्र्धन गर्न यो प्रयास जारी राख्ने आशा गर्दछौं ।”
    नेपाली संस्कृति र परम्परा अनि सहभागीहरुको प्रशंसा संगै कार्यक्रम निकै सफल भएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्बा ब्यान्डकासँगको यो सहकार्य नेपालको सांस्कृतिक विविधता र सम्पदाको प्रवद्र्धन गर्ने पहल थियो ।

    प्रतिकृया दिनुहोस्