काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरुमध्ये ४५ वटा लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
६० वटा लघुवित्त संस्थाहरु सूचीकृत रहेकोमा ४५ वटा लघुवित्त संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् १५ वटा लघुवित्तले अझै लाभांश घोषणा गरेका छैनन् । जसमा जाल्पा सामुदायिक लघुवित्त, उपकार लघुवित्त, सिवाईसी लघुवित्त र आदर्श लघुवित्त संस्थाले भने यस वर्षदेखि लाभांश घोषणा गरेका हुन् ।
गत वर्षको नाफाबाट सेयरधनीहरुलाई सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा जाल्पा सामुदायिक लघुवित्त संस्था रहेको छ । यस लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद गरी कूल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, दोस्रोमा उपकार लघुवित्त (६५ प्रतिशत), तेस्रोमा महिला लघुवित्त (५० प्रतिशत), चौंथोमा नेशनल माइक्रोफाइनान्स लघुवित्त (३४.४५ प्रतिशत) र पाँचौंमा जीवन विकास लघुवित्त (३३.१५ प्रतिशत) रहेकाे छ ।
यस्तै, सिवाईसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्तले समान ३१.५८ प्रतिशत र फरवार्ड लघुवित्तले ३० प्रतिशत लाभांश वितरण गरिसकका छन् । नेरुडे लघुवित्तले २३.१५ प्रतिशत, मिर्मिरे लघुवित्तले २३ प्रतिशत, स्वाबलम्बन लघुवित्त २१.०५ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले २० प्रतिशत, मिथिला लघुवित्त १५.७८ प्रतिशत, आरएसडीसी लघुवित्तले ११ प्रतिशत लाभांश वितरण गरिसकेकाे छन् ।
आरएमडीसी लघुवित्त र साना किसान लघुवित्तले २७.३६ प्रतिशत, छिमेक लघुवित्तको २५.२६ प्रतिशत, महुली लघुवित्तले २५ प्रतिशत, स्वरोजगार लघुवित्तले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।
यस्तै, सामुदायिक लघुवित्त, डिप्रोक्स लघुवित्त, स्वाभिमान लघुवित्त, विजय लघुवित्त, र आदर्श लघुवित्तले २१.०५ प्रतिशत, मेरो माइक्रोफाइनान्स लघुवित्त, साधना लघुवित्त, निर्धन उत्थान लघुवित्त, इन्फिनीटी लघुवित्त, नयाँ सारथी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, लक्ष्मी लघुवित्त र कालिका लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
यस्तै, सबैको लघुवित्तले १८.९५ प्रतिशत, समता लघुवित्तले १८ प्रतिशत, मिथिला लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तले १५.७८ प्रतिशत, आशा लघुवित्त र सूर्याेदय वोमी लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्नेछन् । एनआईसी एशिया लघुवित्तले भने १४.७५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, समीट लघुवित्तले १४.२७ प्रतिशत, सिभिल लघुवित्तले ११.५८ प्रतिशत, सपोर्ट लघुवित्तले ११.५७ प्रतिशत, एनएमबि लघुवित्तले १०.५२ प्रतिशत, किसान लघुवित्तले ७.३६ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तले ५ प्रतिशत र गुराँस लघुवित्तले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
लाभांश वितरण गरेका लघुवित्तहरुमा नेसनल माइक्रोफाइनान्स लघुवित्त र आशा लघुवित्तको लाभांश भने संशोधन भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्तले यसअघि ३८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशन बमोजिम संशोधन गरेको हो । यस्तै, आशा लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, राष्ट्र बैंकले लघुवित्तको लाभांश घटाएर स्वीकृति दिएको हो । यस्तै, जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कूल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
यस्तै, नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि कुनै अर्काे वित्तीय संस्थासँग मर्जरमा नगएसम्मका लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको हो । लघुवित्तले गत आवको नाफाबाट लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
४५ लघुवित्तको लाभांश घोषणा : एउटाको रद्द, ३ वटाले घटाए
आर्थीकसंसार संवाददाता२३ फागुन, २०७९
२३ फागुन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान