काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थान लिमिटेडले पाँचौं वार्षिक साधारण सभा भोलि फागुन २१ गते आइतबार गर्ने भएको छ । लघुवित्तको संचालक समितिको बैंठकले सभाको मिति तय गरेको हो । उक्त सभा विहान ११ बजे आगन्तुक रिसोर्ट भ्यूटावर मार्ग धुलिखेलमा आयोजना हुनेछ ।
कम्पनीले उक्त सभाबाट हाल कायम चुक्ता पुँजीको ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ । साथै लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ ।
साथै लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ति गरिनेछ । उल्लेखित प्रस्तावहरूसँगै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य रहेका छन् ।
भोलि बम्पर लाभांश पारित गर्दै महिला लघुवित्त, कहिलेसम्म शेयर किन्नले पाउने ?
आर्थीकसंसार संवाददाता२० फागुन, २०७९
२० फागुन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने